समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेको अग्रता कायम - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेको अग्रता कायम



काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।

पछिल्लो विवरणअनुसार एमालेले २९ लाख ५७ हजार ५० मत प्राप्त गरेको छ ।नेपाली कांग्रेसले उसलाई पछ्याउँदै २८ लाख ७९ हजार ७४५ मत प्राप्त गरेको छ ।

जुन नेकपा एमालेको भन्दा करिब ७७ हजार कम हो । माओवादी केन्द्रले अहिलेसम्म ११ लाख ८६ हजार ३३१ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरम नेपालले ४ लाख २० हजार ३१७ मत प्राप्त गरेको छ ।त्यसैगरी राजपा नेपालले ३ लाख ८२ हजार ५३६ मत प्राप्त गरेको छ ।