एकीकृत समाजवादीमा ४० प्रतिशत युवा छन्: रामकुमारी - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

एकीकृत समाजवादीमा ४० प्रतिशत युवा छन्: रामकुमारी



काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने बताएकी छन् । बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४० प्रशिशत रहने बताइन् ।

उनले नेकपा एमालेको हरेक कमिटीबाट अब विद्रोह हुने र आफ्नै श्रममा निर्णय गर्नेहरुले पार्टी बनाउने बताइन् । ‘दक्षिणपन्थी विर्सजनवादमा भासिएको नेतृत्वविरुद्ध अब प्रत्येक कमिटी र वडा तहबाट विद्रोह शुरु हुन्छ । साविकको खड्ग ओलीको एमालेको क्षतिकरण एकीकृत समाजवादीको बढोत्तरी हो’, उनले भनिन्, ‘अरुले नै बनाएको दरबारमा शयन गर्नेहरुले कठिन यात्रा तय गर्न सकेनन्, आफ्नै श्रममा निर्णय गर्न मञ्जुर हुनेहरुले मात्र यो यात्रा तय गरे ।’

लुम्बिनी कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै उनले पार्टी बन्ने प्रशस्त सम्भावना रहेको बताइन् । ‘नवजवान साथीहरुले सुनौलीतिर गएर नेता खोजेर ल्याएर कार्यकर्ता बन्ने होइन । आफ्नो समुदायको आफ्नो समाजको आफैं अगुवा बन्नुपर्छ’, उनले भनिन् ।