सामाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्नेलाई कारवाहीको माग - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सामाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्नेलाई कारवाहीको माग



सामाजिक सञ्जालमा दलित समुदायलाई गालि गर्नेलाई कारवाहीको माग गरिएको छ ।कंचनपुरका विभिन्न  राजनैतिक दल ,भात्रृ   संगठन र संघ सस्थाहरुले आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सन्जामा सामजिक   विद्वेष फैलाउने भीमदत्त नगरपालिका १२का दिलिप पन्तलाई कानुनी कारवाही गर्न    माग गरिएको हो ।

पन्तले सामजिक संजालमा दलित समुदायको अपमान हुने गरी ‘डुम भनेका लास्टमा डुम नै हुने रहेछन है  ‘?भन्ने स्ताट्स पोस्ट गरेका थिए ।नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य बिरेन्द्र बिसी ,मुक्ति समाजका सचिव तारा रैकाल ,दलित   संघका अध्यक्ष गणेश नेपाली ,सामाजिक  समानता  अभियनाका भगत सिंह बिके ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका दिल राम टमाटा ,गैर सरकारी सस्था महासंघका अमित तिरुवा ,ईन्सेकका कोमल निरन्जन भाटद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा दोषी उपर कानुनि कारवाही नगरीए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।