शिक्षक, कर्मचारीलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

शिक्षक, कर्मचारीलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल रमोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोग सम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक,ट्वीटर,इमो ,भाइबरजीता सञ्जाल आफुखुसी प्रयोग गर्न रोक लगाएको हो । कार्त्तिक १३ गते स्वीकृत ६ बुदे मार्गनिर्देशन तत्काल लागुहुने भएको छ,जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने ब्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल,बाटो तालल तलैया वा भ्रमण गरिएका स्थानको तस्बिर सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ ।

त्यस्तै कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने आजको कान्तिपुर दैैनिकमा खबर छ ।