उपप्रधानमन्त्री यादवको अन्तरवार्ता बारे पार्टीको विज्ञप्ति,कार्यकतालाई यस्तो निर्देशन

काठमाडौं- समाजवादी पार्टी, नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको मानमर्दन तथा अपमान हुनेगरी एभिन्यूज टेलिभिजनले अन्तरवार्ता लिएको भन्दै निन्दा गरेको छ ।
पार्टीका उपमहासचिव प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष समेत रहेका यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले आचारसंहिता विपरीत अभद्रपूर्ण शैलीले बदनियतपूर्वक प्रश्न सोधिएको उल्लेख गरेका छन् । मन्त्री यादव तथा समाजवादीले पार्टीले निरन्तर मिडिया जगत र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको भन्दै विज्ञप्तिमा आफ्ना कार्यकतालाई यो घटनाबाट उत्तेजित नहुने समेत आह्वान गरिएको छ ।

