समाचार प्रभाव : घोडाघोडी क्षेत्रमा डोजर चलाउन रोक - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

समाचार प्रभाव : घोडाघोडी क्षेत्रमा डोजर चलाउन रोक



प्रकाश मिश्र / कैलाली । केहिदिन अघि कैलालिको घोडाघोडी पर्यटकिय क्षेत्र अन्तरगत सामुदायिक बनमा बन ऐनको खिल्ली उडाउदै बनमा डोजर चलाएको समाचार हिमाल पोस्ट .कममा प्रकाशन भएपछी बन कार्यलयले घोडाघोडी नगरपालिकाको पर्यटन बोर्डको काम रोकेको छ ।

ग्रीन भ्यु टावर जाने बाटोको पुर्ब पट्टि घोडाघोडी सामुदायिक बन क्षेत्रमा बाटो निर्माणका नाममा पर्यटन बोर्डको नाममा बन ऐन लाई मिच्दै डोजर चलाएको समाचार आएपछी तुरुन्त रोक्न निर्देशन दिएको र रोकिसकेको इलाका बन कार्यलय सुखडका प्रमुख गौचरण चौधरिले जानकारी दिए ।

एक पटकलाइ त्यसै जानकारी गराइ छोडिएको र फेरि पनि बन नियम बिपरित काम गरेको पाइए बन ऐन अनुसार कारबाही गर्ने चौधरिले बताए।

बन ऐन २०४९ को दोश्रो संशोधन २०७२ दफा ४९ को उपदफा “क ” मा उल्लेख भएको ऐन लाई तोडर बोर्डले काम गरेको हो । जहा भनिएकोछ बन क्षेत्रको जग्गा माड्न ,जोत्न ,खन्न वा आवाध गर्न वा त्यस्तो जग्गामा घर छाप्रा बनाउन मनाही गरिएको छ ।

तर लामो समय संरक्षणका क्षेत्रमा काम गरेका अनुभबी भनेर बोर्डको नेतृत्वमा ल्याइएका नगर प्रमुख ममता प्रसाद चौधरिका दाजु दयाराम चौधरी कार्यकारी उपाध्यक्ष रहेको बृहत् घोडाघोडी ताल तथा पर्यटन बोर्डले बन ऐनको बर्खिलापमा गएर काम गरेको समाचार प्रकाशन पछि बनले डोजर चलाउन रोकेको हो ।