सल्यानमा यात्रुबाहक बस दुर्घटना:पाँचजना घाइते,चालक फरार - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सल्यानमा यात्रुबाहक बस दुर्घटना:पाँचजना घाइते,चालक फरार



सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला बजारमा यात्रुबाहक बस दुर्घटना हुंदा पाँचजना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम चौहरजहारीका लागि छुटेको ना ४ ख ७१४६ नम्बरको बस पल्टिँदा पाँच महिला घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका–५ निवासी दिलमाया रोकाय, बनगाड कुपिण्डे–५ निवासी १३ वर्षीया रिता नकाल, रुकुम चौहरजारी–१ निवासी ३१ वर्षीया प्रेमकला न्यौपाने, रुकुम चौहरजारी–५ निवासी २६ वर्षीया प्रमिला पुन, सोही ठाउँकी ३८ वर्षीया मिना मल्ल घाइते भएका छन् ।

घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामाउपचार भइरहेको इलाका प्रहरी कार्यालय सल्लीका ईन्चार्ज प्रहरी नायब निरीक्षक शुसिल रावलले जानकारी दिए । ४० जना यात्रु बोकेको सिस्ने हिमाल यातायातको बस नालीमा पल्टेको र गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।