सलमानको नाममा ठग्ने ओडिसीका गुरुङ पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सलमानको नाममा ठग्ने ओडिसीका गुरुङ पक्राउ



काठमाडौं। भारतीय फिल्म स्टार सलमान खानलगायतका कलाकारहरुलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणबाट ठूलो रकम असुलेका सिमान्त गुरुङ पक्राउ परेका छन् ।

ओडिसी इन्टरटेनमेन्ट प्रालिको नाममा गुरुङको समूहले करिब ४ करोड रुपैयाँ रकम उठाएको थियो ।

तर, अभिनेता सलमान खानलाई नेपाल ल्याउन असफल भएपनि सो समूहले सर्वसाधारणले टिकटबापत तिरेको रकम फिर्ता गरेको छैन ।

सलमानलाई नेपाल ल्याउने मिति पटक–पटक सार्ने तर रकम फिर्ता नदिने गर्दै आएपछि सिमान्त गुरुङविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

गुरुङलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमखु धीरजप्रताप सिंहले जानकारी दिए ।

गुरुङविरुद्ध ठगी मुद्दा अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।