सलमान खानका फ्यानको लागि दुखद खबर ! - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

सलमान खानका फ्यानको लागि दुखद खबर !



काठमाडौं । कालो हरिण शिकार मामिलामा बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गरिएको छ । सन् १९९८ मा राजस्थान जोधपुरको ग्रामीण क्षेत्रमा दुई वटा कालो हरिणको शिकार गरेको आरोपमा सलमान खान र अन्य ५ माथि मुद्दा दर्ता गरिएको थियो ।

सलमान खानका साथ फिल्म अभिनेता सैफ अली खान र अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमको नाम पनि यसमा मुछिएको थियो । अदालतले सलमान खानलाई दोषी ठहर गरेको छ भने अन्यलाई निर्देष सावित गरेको बीबीसीले जनाएको छ ।

सलमान खानका वकिलले उनका लागि तीन वर्षभन्दा कम लामो सजायको माग गरिरहेका छन् । अभियोजन पक्षका अनुसार फिल्म ‘हम साथ–साथ हैं’ को शूटिङका दौरान जोधपुरमा रहेका बेला यो शिकारको घटना भएको थियो । भारतको वन्यजीव कानुनको अधिनमा रहेर सलमानविरुद्ध रिट दायर भएको थियो । जस अनुरुप दोषी ठहर भएपछि छ वर्षसम्मको सजायको प्रावधान छ ।

तर सलमान खान र अन्य फिल्मी कलाकारहरुले सलमानमाथि लगाइएको आरोपलाई तथ्यहिन भएको दावी गर्दै आएका छन् । अदालतको फैसलाभन्दा अघि  सलमानका वकिल हस्तीमल सारस्वतले अदालतमा सलमानलाई झुठो मुद्दामा फसाइएको दावी गरेका थिए

तर अभियोजन पक्षले यस मामिलामा कुल २८ प्रत्यक्षदर्शी अदालतमा पेश गरेको थियो । अभियोजन पक्षले अदालतले फिल्मी कलाकारहरु निरीह वन्य प्राणीकोे शिकारमा सहभागि भएको पुष्टि गरेको छ ।

यसअघि शिकारको दुई मामिलामा अदालतले सलमान खानलाई दोषमुक्त गरिसकेको छ । तर लामो समयसम्म सुनवाई चलेको कालो हरिणको मुद्दामा कयौं उतार–चढावपछि अन्ततः सलमान खानलाई दोषी ठहर गरिएको छ ।