सलमान परे फेरी लफडामा ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सलमान परे फेरी लफडामा !



मुम्बई । सलमान खानको फिल्म लवरात्री अहिले समस्याको जालोमा अल्झिएको छ । अहमदाबादको एक संगठनले शुक्रवार गुजरात हाईकोर्टमा रिट दर्ता गर्दै फिल्मलाई ब्याण्ड लगाउनुपर्ने माग जोडदारको साथ उठाईरहेका छ्न् । अक्टोवरमा रिलिजको तयारीमा रहेको फिल्मले हिन्दुहरुको भावनामा चोेट पुगेको संगठनको तर्क छ ।

फिल्मबाट अभिनेता सलमान खानको बहिनी ज्वाँई आयुष शर्मा र वरीना हुसैनले बलिउडमा डेब्यु गर्दैछन् । नवरात्रीको पृष्ठभुमिमा आधारित फिल्म नवरात्री अर्थात दशैँको अवसरमा रिलिज गरिने बताइएको छ । अदालतमा दर्ता भएको रिटमा फिल्मको शिर्षक परिवर्तन गर्ने र हिन्दुहरुको भावनालई चोट पुर्याउने सामग्रीहरुलाइै हटाउनुपर्ने माग छ । फिल्मको बारेमा यसअघि नै बिहारका एक ब्यक्तिले साम्प्रदायिका सौहार्दता भड्काउन खोजेको आरोप लगाउँदै मुद्धा दर्ता रेका थिए ।