कैटरिना कैफकी बहिनीलाई नयाँ फिल्ममा खेलाउँदै सलमान - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

कैटरिना कैफकी बहिनीलाई नयाँ फिल्ममा खेलाउँदै सलमान



नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान आफ्ना फिल्महरूमा हरेक पटक कुनै न कुनै नयाँ नायिकलाई प्रस्तुत गर्दछन् । यसपटक उनी आफ्नो नयाँ फिल्ममा अभिनेत्री कैटरिना कैफकी बहिनी इसाबेल कैफलाई खेलाउँदैछन् ।

यसपटक उनी इसाबेललाई मात्रै नभई आफ्नै बहिनी–ज्वाईँ आयुष शर्मालाई समेत फिल्ममा उतार्दैछन् । यो जानकारी सलमानले स्वयं सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले इसाबेल र आयुषको फोटो सार्वजनिक गर्दै यस्तो जानकारी दिएका छन् । इसाबेल र आयुषको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सलमानले लेखेका छन्, ‘इसाबेल र आयुष एक सत्य घटनामा आधारित फिल्मा देखा पर्दैछन् । यसमा भारतीय सेनालाई समेत सहभागि गराइनेछ ।’

सो पोष्टमा सलमानले फिल्मका अभिनेता र अभिनेत्रीको बारेमा मात्रै नभई फिल्मको कन्सेप्टको बारेमा पनि जानकारी दिएका छन् ।

यस फिल्मलाई लिएर कैटरिनाकी बहिनी इसाबेलको खुशी उनको इन्स्टाग्रामको पोस्टमा समेत प्रकट भइसकेको छ । आफ्नो पोस्टमा इसाबेलले लेखेकी छन्, ‘म तपाईंहरूलाई यो बताउन पाउँदा उत्साहित छु कि म एउटा फिल्मको हिस्सा बन्न जाँदैछु ।’