सलमान खनले समेत किन्न सकेनन यो घोडा - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

सलमान खनले समेत किन्न सकेनन यो घोडा



एजेन्सी । बलिउडका स्टार सलमान खान २ करोडको घोडा किन्न असफल भएका छन्। सलमानसँग विश्वका महँगा गाडीहरूको कलेक्सन छ। तर, उनले खरिद गर्न खोजेको घोडा भने किन्न सकिरहेका छैनन्।

पछिल्लो समय सलमानलाई सेतो रङको एउटा घोडा खुब मन परेको थियो। यसका लागि उनले २ करोडको बोली पनि लगाएका थिए। उनले घोडा खरिद गर्न आफ्नो एजेन्टलाई अगाडि पनि सारेका थिए। तर, ओलोपाडमा बसोबास गर्ने घोडा मालिक सिराज खानले बेच्न मानेनन्।

यसको कारण सिराज एकछिन पनि आफ्नो घोडालाई छोड्न नसक्ने बताइएको छ। गत वर्ष मात्र यही घोडाका लागि पञ्जाबको राजनीतिक बादल परिवारले १ करोड ११ लाख रुपैयाँ बोली लगाएका थिए।

यतिबेला पनि सिराजले आफ्नो घोडा सकबलाई बेच्न अस्विकार गरेका थिए। सिराज आफ्नो घोडा अमूल्य भएको बताउँछन्। उनले यो घोडा २०१५ मा जेसलमेरबाट १४ लाख रुपैयाँमा खरिद गरेका थिए।

यो घोडा महँगो हुनुको कारण हो यसको प्रजाति। सकब प्रजातिको घोडा दुर्लभ मानिन्छ। यसको आयु ६ वर्ष मात्र हुन्छ। तर, यसले विभिन्न हर्कत गर्नेगर्छ। सकब ४५ किलोमिटर प्रतिघन्टाको बेगमा दौडिन सक्छ।

यो भारतको सबैभन्दा तीव्र गतिमा दौडिने घोडा पनि हो। सकबले अहिलेसम्म ३ वटा राष्ट्रिय अवार्ड जितिसकेको छ। ३१ जनवरीमा राजस्थानमा भएको जेसलमेर मरुभूमि महोत्सवमा पनि यसले अरु घोडालाई धेरै पछाडि छोडेको थियो।

विश्वमा यो प्रजातिको घोडा अन्य दुई वटा देशमा मात्र छ। यो घोडासँग मिल्दोजुल्दो प्रजाति अमेरिका र क्यानडामा पाइन्छ। सलमान र बादल परिवार मात्र होइन, यसलाई किन्न अरु थुप्रै करोडपतिहरूले बोली लगाइसकेका छन्।