सलमानको फिल्म ‘भारत’ मा अब कटरीना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सलमानको फिल्म ‘भारत’ मा अब कटरीना



मुम्बई, साउन २४ । सलमान खानको फिल्म ‘भारत’ मा अब कटरीना कैफले काम गर्ने भएकी छन् । यसअघि भारतमा प्रियंका चोपडाले तय भएको थिए । अघिल्लो साता प्रियंकाले आफू भारतमा नखेल्ने बताएकी थिइन ।

शुरुमै आफ्नो फिल्ममा सलमान कटरीनालाई नै लिन चाहान्थे तर प्रियंका अनुबन्ध भइन । भारतमा कटरीना खेल्ने भएपछि सलमान अहिले निकै खुशी भएको बताइएको छ ।

भारतका निर्देशन अली अब्बास जफरका अनुसार कटरीनाले स्क्रिप्ट पढेपछि आफ्नो भूमिका मन पराएको दाबी गरेका छन् । र स्रोतका अनुसार कटरीनाले जफरको प्रस्ताव स्वीकार गरेकी छन् । फिल्म भारतमा खेल्न उनी राजी भएकी छन् ।

कटरीनाको पारिश्रमिक तय नभए पनि सलमान उनलाई प्रियंकलाई दिने जति पैसा दिन तयार छन् । भारतमा प्रियंकालाई १२ करोड भारतीय रुपैया दिने सहमति थियो ।

तर कटरीना यसअघिका फिल्ममा करीब ५६ करोड रुपैयाँमा काम गर्थिन । फिल्म भारतमा १२ करोड रुपैया पारिश्रमिक पाए यो कटरीनाका लागि दोब्बर पारिश्रमिक हो ।

सलमान र कटरीनाबीच केही वर्षअघि अफेयर्सको चर्चा थियो । तर त्याे धेरै टिकेन । अहिल्यसम्म दुवै अविवाहित छन् ।