रणबीरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किईन कट्रिना ! - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

रणबीरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किईन कट्रिना !



सलमान खानलाई छोडेर रणबीर कपूरको प्रेमिका बनेकी कट्रिना रणबीरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किएकी छिन् ।

हिजोआज कट्रिना आफ्ना हरेका निर्णय सलमान खानसँग सल्लाह लिएर मात्रै गर्ने गर्छिन् ।

अभिनेत्री कट्रिना कैफले सलमान खानका लागि यसअघि साइन गरिसकेको फिल्म ‘एबिसीडी ३’ बाट हात झिकेकी छिन् ।

चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको डान्समा आधारित फिल्म ‘एबिसीडी’को तेस्रो संस्करणमा अभिनेता बरुण धवन मुख्य भूमिकामा हुनेछन् ।

फिल्ममा बरुणका साथमा कट्रिनाको समेत प्रमुख भूमिका रहने बताइए पनि यस फिल्मबाट कट्रिना केफ अचानक बाहिरिएपछि यो चर्चाको विषय बनेको छ ।

कट्रिना केफले रेमो डिसुजाको फिल्म ‘एबिसीडी ३’ सलमान खानको ‘भारत’ का लागि छोडेकी हुन् । फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त भएका कारण कट्रिनाले यो निर्णय लिएको बताइएको छ ।

कट्रिनाले आफू यस फिल्मलाई समय दिन नसक्ने भन्दै फिल्मबाट बाहिरिने निर्णय लिँदै ‘एबीसीडी ३’ को सफलताको शुभकामना दिएकी छिन् ।

धरुण धवनको मुख्य भूमिका रहने फिल्म ‘एबीसीडी ३’ मा भारतका चर्चित कोरियोग्राफर प्रभु देवा, डान्सर धर्मेश, राघव जुयाल र पुनीत पाठक पनि मुख्य भूमिकामा देखिनेछन । एजेन्सी