सलमानका सिइओमाथि यौन दुर्व्यवहारको अभियोग - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

सलमानका सिइओमाथि यौन दुर्व्यवहारको अभियोग



सलमान खानद्धारा स्थापित परोपकारी संस्था ‘बिइङ ह्युमन फाउण्डेन’का प्रमुख कार्यकारी निर्देशक मनिष मन्डना यौन दुर्व्यवहार काण्डमा मुछिएका छन्।

भारतीय अखबार मिडडेका अनुसार मण्डनाविरुद्ध एक मोडलमाथि हातपात गरेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको छ। मन्डना बिइङ ह्युमन क्लोथिङसँग आवद्ध छन्। सलमानको यो कम्पनीले विभिन्न खाले पहिरन उत्पादन गर्छ।

समाचार अनुसार मोडल आन्ड्रिया डिसुजाले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै मंगलबार प्रहरीमा उजुरी दर्ता गराएकी हुन्। आन्ड्रियाले आफूमाथि २०१७ को नोभेम्बरमा दुव्र्यवहार भएको किटानी जाहेरी दिएकी हुन्।

मन्डनाको आक्रमणबाट आफ्नो दाइने कानको सुन्ने शक्ति गुमेको पनि दावी गरेकी छन्। डेसुजाले सन् २०१५ ताका मन्डनालाई दुबईमा भेटेकी थिइन्। त्यसपछि दुबैले सामाजिक सञ्ञालमार्फत सम्बन्ध बढाए । सम्बन्ध झांगिएपछि डेसुजा मुम्बई सरिन्। डेसुसालाई मनिष बिबाहित भएको थाहा थियो।

‘तर उनले मलाई मेरो श्रीमतिसँगको सम्बन्ध करिब सकिएको र बच्चाहरुको लागि मात्र सँगै बसेको भन्दै ढाँटे, मैले उनलाई विश्वास गरेँ’, उनले भनेकी छन्, ‘हामी सन् २०१७ सम्म खुसीसँग रह्यौँ तर उनले यस्तै कुरा अर्की केटीलाई पनि भन्दै आएको थाहा पाएपछि मैले सोधपुछ गरेँ तर उनले अस्वीकार गरे।’

मनिषको आक्रमणकै कारण आफ्नो अनुहार जल्दा आफूले बिग बोसको अडिसन गुमाएको बताउँदै उनले मनिषले अरु महिलाहरुलाई पनि विभिन्न बहानामा आफ्नो सिकार बनाएको दावी गरिन्। प्रहरीलाई बुझाएको मेडिकल रिपोर्टमा पनि उनको दाइने कानको सुन्ने शक्ति गुमेको प्रमाणित भएको छ।

घटनालाई किन १५ महिनासम्म लुकाएको त? भन्ने प्रश्नमा उनले भनिन्,‘म निको हुँदै थिएँ र किनकि ऊ शक्तिशाली व्यक्ति थियो। उनले आफूले क्षतिपूर्तिभन्दा पनि न्याय खोजको दावी गरिन्। प्रहरीले उजुरीमाथि कारवाही अगाडि बढेको बताएको छ भने सलमान खानको तर्फबाट अहिलेसम्म यो घटनाबारे केही प्रतिक्रिया आएको छैन।