सलमान खान बिरुद्ध उजुरी - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सलमान खान बिरुद्ध उजुरी



एजेन्सी । बलिउड अभिनेता सलमान लगाएत अन्य कलाकारबिरुद्ध बिहारमा गत शुक्रबार एफआईआर दर्ता भएको छ । अभिनेता खानको होम प्रोडक्शनको आगामी फिल्म ‘लभ रात्रि’को बारेमा उजुरी दर्ता गरिएको हो । केही दिन पहिले यो फिल्मको नाम परिवर्तन गरेर ‘लभ रात्रि’ बनाईएको थियो ।

सब डिभिजन मजिस्ट्रेड शैलेन्द्र रायले गत सेप्टेम्बर १२ तारिखका दिन दिएको आदेशको पालना गर्दै मिठानपूरा प्रहरी थानामा उजुरी दर्ता गरिएको हो । अदालतले वकिल सुधीर कुमार ओझाको उजुरीमाथि आदेश दिएको हो । वकिल ओझाले ‘लभ रात्रि’ फिल्मको नामले नवरात्रिको पवित्र उत्सबका मज्जाक बनाएको आरोप लगाएको छ । साथै फिल्मको प्रोमोबाट अश्लिलता भएको आँकलन गरिएको पनि आरोप लगाइएको छ ।

अभिनेता खानले केही दिन पहिले ट्वीटरमार्फत घोषणा गर्दै फिल्मको नाम ‘लभ रात्रि’बाट ‘लभ यात्री’ घोषणा गरेका थिए । यो फिल्म गान्धी जयन्तीको अवसर तथा आगामी ६ अक्टोवरबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

यो फिल्ममा आयुष शर्मा, वरीना हुसेन, राम कपुर र रौनित राय मुख्य भुमिकामा देखिनेछन् । फिल्मलाई अभिराम मीनावालाले निर्देशन गरेका हुन् ।

यो फिल्ममा अरबाज खान र सोहेल खान पनि अपियरेन्स गेष्ट रोलमा देखिनेछन् । तर अभिनेता खान भने नदेखिने बताईएको छ ।