सलमान खान विरूद्ध फेरी मुद्दा दर्ता: अब के हुन्छ ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सलमान खान विरूद्ध फेरी मुद्दा दर्ता: अब के हुन्छ ?



नयाँ दिल्ली – चलचित्र अभिनेता सलमान खान विरूद्ध मुजफ्फरपुरको सीजेएम कोर्टमा केस दर्ता भएको छ ।

यस मामलामा सुनुवाई गर्दै मुजफ्फरपुर सीजेएम कोर्टले सलमान खानको विरूद्धमा थानामा केस दर्ता गर्न आदेश दिएको छ । यसमा भनिएको छ कि सलमान खान हिन्दू भावनालाई चोट पु-याउने काम गरिरहेका छन् ।

६ सेप्टेम्बरमा स्थानीय वकिल सुधिर ओझाले सलमान खानको व्यानरमा रिलीज हुनेवाला चलचित्र ‘लवरात्री’ लाई लिएर सीजेएम कोर्टमा केस दर्ता गरेका थिए । यसको माध्यमले उनलाई आरोप लगाइएको थियो कि सलमान खानको प्रोडक्सनमा बनेका चलचित्रको नामले हिन्दी भाषालाई चोट पु-याइरहेको छ । ओझाको अनुसार हिन्दू समाजको मजाक उडाउन खोजिएको छ ।

अहिले हिन्दू समाजमा नवरात्री आउन आँटेको छ । यस चलचित्रको माध्यमले उनले अश्लिलता प्रस्तुत गर्नुको साथै हिन्दू भावनालाई चोट पु-याउने काम गरिरहेका छन् । यस केसमा सुनुवाई गर्दै मुजफ्फरपुर कोर्टले सलमान खानको विरूद्ध थानामा केस दर्ता गर्ने आदेश दिएको छ ।

यो चलचित्रको अभिनेता सलमान खानकी बहिनी अर्पिताका पति हुन् । उनलाई लन्च गर्नको लागि नै यो चलचित्र बनाइएको हो । चलचित्रको कहानी गुजरातको एक सहरबाट सुरू हुन्छ । हिरो फिल्मी अन्दाजमा आफ्नी हिरोइन प्राप्त गर्ने प्रयासमा देखिन्छन् । यस चलचित्रमा सलमानका भाई अरबाज खान र सोहेल खान पनि देखिन्छन् । यो चलचित्र ५ अक्टुबरमा रिलीज हुनेछ ।,