कैलालीको घोडाघोडीमा सालको गोलिया बरामद - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कैलालीको घोडाघोडीमा सालको गोलिया बरामद



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिकामा लुकाइराखेको अवस्थामा सालको गोलिया फेला परेको छ ।

घोडाघोडी नगरपालिका -९ शिखरझालामा विशेष सुराकीको आधारमा परालले छोपी लुकाइराखेको अवस्थामा सालका ७ थान गोलिया फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशीले जानकारी दिए ।

जोशिका अनुसार , शनिबार साझ सुराकीको आधारमा करिब १०५ क्युफिट बराबरको गोलिया बरामद गरिएको हो । उनले भने, बरामद गरिएको काठ अनुसन्धानका लागि वन डिभिजन कार्यालय पहलमानपुरमा बुझाइएको छ ।’

नियमित रेखदेख नहुँदा घोडाघोडी नगरपालिकाका विभिन्न वनक्षेत्रबाट तस्करहरुले दैनिक काँचो काठ दाउरा तस्करी गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।