संक्रमणकाल सकियो ,अबको प्राथमिकता विकास र समृद्धि हो:ओली - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

संक्रमणकाल सकियो ,अबको प्राथमिकता विकास र समृद्धि हो:ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल सकिएको बताएका छन् । मंगलबार महाशिवरात्रिको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै ओलीले अबको प्राथमिकता विकास र संमृद्धि भएको बताए ।

‘हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको छ’, ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘अबको प्राथमिकता विकास र समृद्धि हो ।’

ओलीको निर्वाचनमार्फत जनताले स्थिरता, विकास र समृद्धिको चाहना प्रकट गरेकाले यसमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ,’ ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

‘धार्मिक सांस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भ हुन्,’ ओलीले भने, ‘धार्मिक पर्वको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।’

महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समुदायले उत्तिकै श्रद्धा गर्नेगरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताएका छन् ।