ठाकुरलाई ओलीको वाचा: सक्नेजति सबै गरिदिन्छु, चिन्ता नगर्नुस
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समुहलाई आफूले सक्ने जति गर्ने वचन दिएको खुलेको छ । नेपाललाई बहुल राज्य बनाउने भन्दै नवनियुक्त मन्त्रीले बोलेलगत्तै यस्तो खुलेको हो ।
नेताहरू ठाकुर र महतो समुहका लागि आफूले सक्नेजति सबै गरिदिने वचन ओलीले दिएका हुन्।प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गरेको खण्डमा आफूले उनीहरूका लागि सबै गरिदिने वचन दिएको महन्थ ठाकुरले खुलासा गरेका हुन् ।
उनले प्रधानमन्त्री ओलीले आफूहरुको माग सम्बोधन गर्न सक्नेजति गर्छु भनेर विश्वास दिलाएको बताएका छन् । पार्टीको तर्फबाट मन्त्री बनेका नेताहरू बधाई दिँदै उनले प्रधानमन्त्री ओलीले आफ्ना मागहरु पूरा गर्न थालेपछि सरकारमा गएको पनि बताए ।
“उहाँले सुरुदेखि नै सरकारमा आउन भनिरनुभएको थियो । हाम्रो माग र मुद्दाको प्रोसेस अघि बढेपछि सरकारमा जाने भन्यौँ । जब उहाँले काम गर्न सुरु गर्नुभयो, हामीलाई विश्वास पनि लागेको छ । उहाँले म सक्नेजति गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” उनले भने ।
जेलमा रहेका नेता–कार्यकर्ताले कानुनानुसार उन्मुक्ति पाउने पनि उनले विश्वास व्यक्त गरे ।