संक्रमण बढ्दैछ: स्वास्थ्य सामाग्री छैन - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

संक्रमण बढ्दैछ: स्वास्थ्य सामाग्री छैन



काठमाडौं– गम्भीर प्रकृतिका १ हजार ५०० कोरोना संक्रमितको उपचारको लागि मात्र स्वास्थ्य सामग्री मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रयोगशालाका सामग्री २ महिनाका लागि र पीपीई भने २ महिनाका लागि बाँकी छन्। थप स्वास्थ्य सामग्री खरिद प्रक्रियामा छ।

देशभर २ हजार ६०० आइसीयू बेड र ९०० भेन्टिलेटर छन्। प्रवक्ता गौतमका अनुसार २४० आइसीयू बेड थप्ने प्रक्रिया सुरु भएको छ।

मुलुकभर कोरोना संक्रमितको उपचारका लागि ३६ वटा अस्पताल र ११५ वटा कोभिड क्लिनिक सञ्चालनमा छन्।

अस्पतालका बेडलाई गम्भीर लक्षण भएका बिरामीको लागि राख्न, लक्षण नभएका र ६० वर्ष मुनीका संक्रमितलाई स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा घरमै बस्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले २५ हब अस्पताल र २० शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तत्काल परिचालन गर्न सक्ने गरी टोली गठन गरेर तयारी अवस्थामा राखेको उल्लेख गरेको छ।

हाल ३२ वटा सरकारी प्रयोगशाला र ६ वटा निजी प्रयोगशाला सञ्चालनमा छन्।

हालसम्म सरकारी प्रयोगशालामा १८ हजार ५०० र निजीमा ३ हजार ५०० नमुना दैनिक परीक्षण गर्न सकिने प्रवक्ता गौतमले जानकारी दिए।