बंगलादेशका क्रिकेटर शकिबले बनाए यस्तो किर्तिमान - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

बंगलादेशका क्रिकेटर शकिबले बनाए यस्तो किर्तिमान



एजेन्सी- बंगलादेशका अलराउन्डर शकिब अल हसनले विश्वकपको पाँचौ खेलमा आइतवार दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक विकेट लिँदै आफ्नो नाममा एक कीर्तिमान बनाए ।

खेलको १९.४ ओभरमा एडेन मार्करमको विकेट लिँदै उनी एक दिवसीय क्रिकेटमा ५ हजार रनसँगै २५० विकेट लिने पाँचौ अलराउन्डर बने ।

पाँच हजार रनसँगै २५० विकेट लिने खेलाडीको शीर्षस्थानमा श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या छन् ।

उनले एक दिवसीय क्रिकेटमा १३ हजार ४ सय ३० रनसँगै ३२३ विकेट लिएका छन् ।

त्यस्तै दोस्रो स्थानमा दक्षिण अफ्रिकाका ज्याक कालिसको नाम छ । उनले ११ हजार ५ सय ७९ रन र २७३ विकेट लिएका छन् ।

सूचीको तेस्रो र चौथो स्थानमा क्रमश: शाहिद अफ्रिदी (८०६४ रन, ३९५ विकेट) र अब्दुल रजाक (५०८० रन, २६९ विकेट)को नाम छ ।