सरकारी पैसा मनोमानी ढंगले खर्च गर्दै साझा प्रकाशन - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

सरकारी पैसा मनोमानी ढंगले खर्च गर्दै साझा प्रकाशन



 

 १८ श्रावण, काठमाडौं। 

मुलुककै पुरानो साहित्यिक संस्था साझा प्रकाशनले सरकारबाट पाएको अनुदान रकम मनोमानी ढंगले खर्च गरेको पाईएको छ ।

साझाले आईतबार सार्वजनिक गरेको २०७३ पुस २८ देखि २०७४ साउन १२ सम्मको खर्च विवरणमा यस्तो भेटिएको हो ।

सरकारले गत बर्ष साझालाई मन्त्रिपरिषद निर्णयबाट शिक्षा मन्त्रालयमार्फत १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ उपलब्ध गराएको थियो ।  खबर आजको कान्तिपुर दैनिकमा छ ।