संजय दत्त चुनाव नलड्ने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

संजय दत्त चुनाव नलड्ने



एजेन्सी- बलिउड अभिनेता संजय दत्तले आफू लोकसभा चुनावमा नलड्ने भएका छन्  ।तर आफु चुनाव  नलडे पनि राजनीतिलाई सघाउने बताएका छन्।

अभिनेता दत्तले लोकसभाका लागि आफ्नी बहिनी र पूर्व सांसद प्रिया दत्तलाई समर्थन गर्ने भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

दिवंगत अभिनेता-राजनेता सुनील दत्तको छोराले ट्वीटमार्फत लोकसभा चुनाव नलड्‍ने बताएका हुन।

उनले भनेका छन्, ‘ म आफ्नो देशको साथ उभिएकै छु। अहिलेलाई बहिनी प्रिया दत्तलाई समर्थन गर्छु।

५९ वर्षीया संजय दत्त सन् २००९ मा लोकसभाको चुनाव लखनऊबाट समाजवादी पार्टीको तर्फबाट उठ्‍नेवाला थिए। तर आर्म्स एक्टको फैसला आएपछि उनले आफ्नो उम्म‍ेदवारी फिर्ता लिएका थिए।

पछि उनलाई समादवादी पार्टीले महासचिव बनाइदिएको थियो। तर उनले तत्कालै पार्टीबाट राजीनामा दिए र पाटी परित्‍याग गरे।

यस्तै पछिल्लो साता बलिउडका चर्चित अभिनेता सलमान खान पनि चुनावमा आउने र प्रचार गर्नबाट अस्विकार गरिदिएका छन्। उनले आफ्नो ट्वीटरबाट उक्त जानकारी दिएका छन्।