सरकारको रबैयाप्रति नेपाली जनसम्पर्क समिति साईप्रसको आपत्ति
नेपाली जनसम्पर्क समिति साइप्रसले सरकारका पछिल्ला अभिव्यक्ति र कामहरु जनताको पक्षमा नभएको भन्दै सरकारलाई खबरदारी गरेको छ ।
जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्यालले बिज्ञप्ति जारी गर्दै ‘वाक स्वतन्त्रता , स्वतन्त्र पत्रकार माथि को हमला, कानुनी राज्यको अवधारणा, स्वतन्त्र न्यायालयको व्यवस्था,साधारण नागरिकको पहुँच सम्म सर्व सुलभ शिक्षा र स्वस्थको व्यवस्था जस्ता कुरामा सरकारले कुठाराघात गरेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ सर्वसाधारण जनताको ढाड सेक्ने गरी करको दायरा बढाउने पत्रकारिता माथिको हस्तक्षेप गर्नु , नेपाल सरकारका मन्त्रीहरूबाट कानुनी राज्यको उल्लङ्घन गर्नु , शान्तिपूर्ण भेला हुन र आन्दोलन गर्न पाउने अधिकारमा रोक लगाउनु, मूल्य बृद्वी आकासिनु , शिक्षा स्वास्थ्य जनमुखी हुनु भन्दा माफियातन्त्रको पक्ष पोषण गरिनु , ठेकेदार प्रथालाई प्रश्रय दिनु ,र नेपाली जन्ताले कानुनी राज्यको आभास गर्न नपाउने गरी निरङकुश बन्दै गएकोले यस्ता कार्य अभिलम्ब रोक्नुपर्ने मागका साथ नेपाली कांग्रेसको बिरोध कार्यक्रममा एेक्यविद्वता जनाएको छ ।
विज्ञप्ति:-
नेपाली जनताको लामो संधर्ष र बलिदान पछि नेपाली जनताले प्राप्त गरेको वाक स्वतन्त्रता , स्वतन्त्र पत्रकार माथि को हमला, कानुनी राज्यको अवधारणा, स्वतन्त्र न्यायालयको व्यवस्था,साधारण नागरिकको पहुँच सम्म सर्व सुलभ शिक्षा र स्वस्थको व्यवस्था, कृषि प्रणालीमा सुधार , जनताको घर घरमा स्वच्छ खाने पानी , मोटर बाटो , निर्बाध रूपमा जन्तले पाउनु पर्ने सूचनाको हक, सरकारी काम काजमा सर्वसुलभ व्यवस्था , सर्वसाधारण जन्तालाई करको दायरामा न्युनिकरण गर्नु जस्ता अति आवश्यक बस्तुहरूलाई जनताको पहुँचमा पुर्याएर देशमा सुशासन र अमनचैन ल्याउनु पर्ने बेला अहिले को ओली सरकार २ तिहाइको दम्भ देखाउँदै आफूलाई कानुन भन्दा माथि रहेको आभास गर्न थालेको छ ।
सर्वसाधारण जनताको ढाड सेक्ने गरी करको दायरा बढाउने पत्रकारिता माथिको हस्तक्षेप गर्नु , नेपाल सरकारका मन्त्रीहरूबाट कानुनी राज्यको उल्लङ्घन गर्नु , शान्तिपूर्ण भेला हुन र आन्दोलन गर्न पाउने अधिकारमा रोक लगाउनु, मूल्य बृद्वी आकासिनु , शिक्षा स्वास्थ्य जनमुखी हुनु भन्दा माफियातन्त्रको पक्ष पोषण गरिनु , ठेकेदार प्रथालाई प्रश्रय दिनु ,र नेपाली जन्ताले कानुनी राज्यको आभास गर्न नपाउने गरी निरङकुश बन्दै गएको यो सरकारको रवैया प्रति नेपाली काँग्रेसले साउन १५ गते देश भर विरोध कार्यक्रम गर्न गराउन पत्राचार गरेको र विदेश स्थित जनसम्पर्क समितिहरूलाई पनि पत्र पठाएकोले साउन १५ गते देश भर गरिएको ने का को विरोध कार्यक्रम मा नेपाली जनसम्पर्क समिति साईप्रस एेक्यविद्वता जनाएको छ । जय नेपाल
सीता अर्याल
सभापति
नेपाली जनसम्पर्क समिति साईप्रस