साईपाल हिमाल चढ्ने पर्यटकको भारी बोक्ने भरीयाको लडेर मृत्यु  - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

साईपाल हिमाल चढ्ने पर्यटकको भारी बोक्ने भरीयाको लडेर मृत्यु 



गणेश विक /  बझाङ ।
साईपाल हिमाल चढ्न गएका पर्यटकहरुको भारी बोक्ने भरीएयाको लडेर मृत्यु भएको छ । मंगलबार बेलुका पर्यटकहरुको भारी साईपाल हिमालको बेस क्याम्पमा पुर्याएर घर फकैने क्रमममा तल्कोट गाँउपालीका वडा नम्बर ३ का पुरन खत्रीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको तल्कोट गाउपालिका वडा नं. ३ रुपातोला बस्ने ३२ वर्षिया पुरन खत्रीको तल्कोट गाउपालिका वडा नंं. ४ सुनपानी भन्ने ठाँउमा लडेर ज्यान गएको हो । गत कात्तिक ३ गते बझाङ जिल्लामा अबस्थित साईपाल हिमाल चढ्न गएका पर्यटकहरुको टोलीको सामान बोकेर खत्री साईपाल हिमालतर्फ गएका थिए ।

उक्त सामानलाई साईपाल हिमालको बेस क्याम्पमा पुर्याएर घर फर्किने क्रममा खत्री गत राती १० बजे तिर सुनपानीको भिरबाट लडेका थिए । करिब ३५० मिटर तल खसेका खत्रीको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी चौकी तल्कोटले जानकारी दिएको छ ।

घटना भएपछी आफन्तले प्रहरीलाई खबर गरेपछी ईलाका प्रहरी चौकी तल्कोटबाट प्रहरीको टोली सुनपानीमा पुगेको थियो । अहिले सबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मृतक खत्रीका श्रीमती र २ छोराछोरी छन् । के कती कारणले लडेर मृत्यु भएको अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।