सैन्य र आणविक हतियारमा चीनभन्दा निकै कमजोर छ भारत - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

सैन्य र आणविक हतियारमा चीनभन्दा निकै कमजोर छ भारत



काठमाडौं- दुई ठूला छिमेकी भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको छ।

दुई देशको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ।

जनसंख्याको हिसाबले विश्वको पहिलो र दोस्रो तथा परमाणु शक्ति सम्पन्न दुई उदाउँदा शक्तिबीचको तनावले एसिया मात्र होइन, पूरै विश्व यतिबेला तरंगित भएको छ।

आजको नयाँ पत्रिका दैनिकले चीन र भारतबीच सैन्य शक्ति र आणबिक हतियारमा को कति शक्तिशाली छन् भन्ने तुलना गरेर समाचार छापेको छ।

सैन्य शक्तिको तुलना गर्दा अमेरिका र रुसपछि चीन तेस्रो र भारत चौथो सैन्य शक्ति भएका मुलुक हुन्। भारतमा सक्रिय सैनिकमो संख्या १४ लाख छ। त्यो संख्या चीनसँग २३ लाख छ।

त्यसैगरी भारतको वार्षीक रक्षा बजेट ४२ अर्ब डलर छ भने चीनको एक सय १६ अर्ब डलर छ। लडाकु बिमा भारतसँग दुई हजार एक सय दुईवटा छन्। चीनसँग लडाकु विमान दुई हजार नौ सय ५५ वटा छन्।

त्यसैगरी भारतसँग लडाकु ट्यांक चार हजार चार सय २६ वटा छ भने चीनसँग ६ हजार चार सय ५७ वटा छ। त्यस्तै आणविक हतियारमा पनि भारत भन्दा चीन शक्तिशाली छ। भारतमा आणविक हतियार एक सय ३० वटा छ भने चीनसँग दुई सय ७० वटा छ।

भारत र चीन दुबै देशसँग चीन, जापान, पाकिस्तान, रसिया, युरोप र अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमताको मिसाइल छन्।