सैनामैनामा मदिरा व्यवसायी समिति गठन, अध्यक्षमा ज्ञवाली - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सैनामैनामा मदिरा व्यवसायी समिति गठन, अध्यक्षमा ज्ञवाली



हिमाल पोस्ट / रुपन्देही ।

सैनामैना उद्योग वाणिज्य सङ्घ रुपन्देहीमा मदिरा व्यवसायी वस्तुगत समिति गठन गरिएको छ ।

सैनामैना उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिवार बाबुराम ज्ञवालीको संयोजकत्वमा बस्तुगत समिति गठन गरिएको हो । सैनामैना उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष (वस्तुगत) प्रेम खड्काको सभापतित्वमा बसेको सभाले ज्ञवालीको संयोजकत्वमा नौ सदस्यता समिति गठन गरिएको छ । जसको सह संयोजक कुलबहादुर रावल रहेका छन् भने सचिवमा कमल ज्ञवालीलाई चयन गरिएको छ ।

त्यस्तै समितिको सदस्यहरूमा धुर्ब बस्याल,देव बहादुर थापा, शिव गिरी, ईश्वरी ज्ञवाली, रामु क्षेत्री , मुकुन्द पोख्रेल रहेका छन् । कार्यक्रममा मदिरा व्यवसायी सङ्घ रुपन्देहीका दृत्तिय उपाध्यक्ष शम्भु भट्टराई , महासचिव प्रितम गिरि तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो । साथै सोही समितिलाई सैनामैना मदिरा व्यवसायी उपसमितिको जिम्मेवारी समेत दिने निर्णय गरिएको छ ।