सैफ अली खानले माफी मागे - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सैफ अली खानले माफी मागे



एजेन्सी- फिल्म अभिनेता सैफ अली खानले पौराणिक चरित्र रावणमाथि गरिएको आफ्नो टिप्पणीका लागी माफी मागेका छन् । उनले कसैको पनि भावनालाई ठेस पुर्याउने उद्देश्य नरहेको बताएका छन् ।

यो विवाद बलिउड अभिनेता सैफ अली खानको टिप्पणीपछि सुरु भएको थियो । उनी आफ्नो आगामी फिल्म ‘आदिपुरुष’ मा रावणको भूमिका निभाइरहेका छन् भने अभिनेता प्रभाष रामको भूमिकामा देखिनेछन् ।

उनले आफ्नो भूमिकाबारे एक भारतीय पत्रिकासँग भनेका थिए, ‘एक राक्षस राजाको भूमिका निभाउनु निकै रोचक छ तर यसमा उनी अली कम कडा छन् । तर हामी उनलाई दयालु देखाउनेछौं जसमा मनोरञ्जन पनि हुनेछ र उनले सीताको अपहरणका लागि उचित कारण पनि बताउनेछन् कि युद्ध रामसँग बदला लिने उद्देश्यले गरिएको थियो किनभने लक्षणले उनकी बहिनी शूपर्णखाको नाक काटिदिएका थिए ।’

उनको यस्तो टिप्पणीपछि सोसल मिडियामा उनीविरुघ थुप्रै कुरा लेख्न थालियो । सोसल मिडियामा थुप्रै प्रयोगकर्ताले उनको यो टिप्पणीलाई हिन्दुत्वको अपमान बताए । यसका साथै थुप्रै मानिसहरुले फिल्म बहिष्कार गर्न अपिलसमेत गर्न थाले ।

सैफले के भने ?

अभिनेताले बयान जारी गर्दै भने, ‘एक अन्तर्वार्ताको क्रममा दिएको मेरो एक बयान विवादको विषय बनेको र यसले मानिसहरुको भावना आहत भयो भनेर मलाई थाहा भयो । मेरो यस्तो कुनै उद्देश्य थिएन न यसको त्यस्तो अर्थ नै थियो । म इमान्दारीपूर्वक सबैसँग माफी माग्न चाहन्छु र आफ्नो बयान फिर्ता लिन चाहन्छु ।’

त्यसपछि सैफ अली खानले आदिपुरुष फिल्म असत्यमाथि सत्यको जीतको उत्सव हुने बताए ।

उनले भने, ‘भगवान राम मेरा लागि सत्य र वीरताका प्रतिक हुन् । आदिपुरुष असत्यमाथि सत्यको जीतको उत्सव मनाउने बारे हो र पूरा समूह महाकाव्यलाई कुनै कमी कमजोरी बिना प्रस्तुत गर्नका लागि मिलेर काम गरिरहेका छन् । ’

यो फिल्ममा दक्षिण भारतीय फिल्मका स्टार प्रभाषले रामको भूमिका निभाइरहेका छन् जबकी सैफ रावणको भूमिकामा छन् ।

हिन्दी, तेलुगुमा सुट हुने आदिपुरुषलाई तमिल, मलयालम र कन्नड भाषामा डब गरिनेछ ।

फिल्ममा अहिले पनि काम चलिरहेको छ र अर्को वर्षदेखि यसको सुटिङ सुरु हुने सम्भावना छ ।