प्रहरीका सइ २४ हजार घुस लिंदा रङ्गेहात पक्राउ - Himal Post Himal Post
  • ७ चैत्र २०८१, शुक्रबार
  •      Fri Mar 21 2025
Logo

प्रहरीका सइ २४ हजार घुस लिंदा रङ्गेहात पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको महाराजगञ्र्ज स्थित एक प्रहरीलाई २४ हजार घुस लिंदा लिंदै पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक सइ विरेन्द्र एडी रहेका छन् । उनलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार २०६३ मा असइबाट प्रहरी सेवामा प्रवेश गरेका एडी दरबारमार्ग अघि काठमाडौंका विभिन्न वृत्त र प्रभागमा कार्यरत थिए।

प्रहरीले धम्की दिँदै रकम असुली गरिरहेको उजुरीको आधारमा प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो।

उनिमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ