सहोदर दिदी-बहिनीको झगडाले शिशुको मुखमा एसिड - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सहोदर दिदी-बहिनीको झगडाले शिशुको मुखमा एसिड



अछाम । जिल्लाको तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पारिवारिक कलहकै कारण भएको खुलेको छ ।

उनकी २१ बर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको स्वीकारेकी छन् । मृतककी आमा र जानकी घरका जेठानी देवरानी हुन् भने माइतिघरका सहोदर दिदी-बहिनी पनि हुन् । मुस्कानका बुबा महावीरले बेलाबेला झगडा पर्ने गरेको बताए ।

‘मेरो छोरो गर्भमा हुँदा जानकीले छोरो जन्मिए ज्युँदो नराख्ने धम्की दिएकी थिइन् । उनले भने, मेरो श्रीमतिले उनलाई २ सय ५० रुपैयाँ तिर्नुपर्ने थियो । पैसा तिर्न आलि ढिलो भए पछि उनले भदौ २९ गते झगडा गरेकी थिइन् ।

त्यसै दिन अबको दुई दिनपछि तलाईं देखाइदिन्छु भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना भयो ।’ प्रहरीसँगको बयानमा जानकीले भनेकी छन्, ‘बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा खुवाएकी हुँ ।’ बयानका क्रममा दिदीबहिनीको झगडा भइराख्ने र २९ गते पनि लेनदेन विषयमा भनाभन भएको स्वीकारेको प्रहरीले जनाएको छ ।  कान्तिपुर दैनिकमा खबर छ ।