सहिदको सपना पुरा भएको छैन् फेरि जनयुद्ध हुन सक्छ : वैद्य
चितवन । नेकपा (क्रान्तीकारी माओवादी) अध्यक्ष मोहन वैद्य किरणले सहिदको सपना पुरा गर्न नयाँ जनयुद्ध हुने चेतावनी दिएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी) चितवन र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले आयोजना गरेको सहिद, बेपत्ता परिवार र घाईत योद्धा अभिनन्दन र महान जनयुद्ध, बलिदान र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले १० शसस्त्र युद्ध गर्दा केहि अवसर दिने भर्याङ्ग बनेको बताउदै अब नयाँ जनयुद्धले सहिदको सपना पुरा गर्ने बताए ।
आफुहरु सबै एकजुट भएर जनयुद्धमा लागेपनि जनयुद्धको मर्मलाई प्रचण्डले सिद्धाएको आरोप समेत लागए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेताहरु भरत बमले सहिदको सपना पुरा गर्नुको सट्ठा प्रचण्ड गुठ नीजि स्वार्थ लागेको आरोप लगाए ।
सोही अवसरमा बोल्ने धेरै सहिद परिवारका कार्यकर्ताहरुले सहीदको सपना पुरा गर्न फेरी जस्तो सुकै बलिदान दिन तयार भएको बताए ।
जनयुद्धको मर्मलाई भर्याङ बनाई सहीदको सपना पुरा नभएको हुदाँ आफुहरु पुन जनयुद्ध जान तयार रहेको बताए ।
माओवादी केहि नेताहरुले सहिदको रगतमा होली खेलेका छन् सहीद परिवारकी सदस्य जमुना सेढाईले भनिन्–अब सपना नदेखे हुन्छ, हामी फेरि युद्धमा आयौँ भने के हुन्छ ? ।
सोही अवसरमा बोल्दै अर्को सहिद परिवार टंक रेग्मीले क्रान्तिका लागि सबै क्रान्तिकारीहरु एकजुट भएर अगाडी बढ्न सबैमा अनुरोध पनि गरेका थिए ।
नेकपा (क्रान्तीकारी माओवादी) चितवनकी इन्चार्ज अम्बिका मुडभरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएकोे थियो ।