सरकारले आफूअनुकूल सहिदको संख्या थप्दा करिब १२ हजार पुगे सहिद - Himal Post Himal Post
  • १६ पुष २०८१, मंगलवार
  •      Tue Dec 31 2024
Logo

सरकारले आफूअनुकूल सहिदको संख्या थप्दा करिब १२ हजार पुगे सहिद



काठमाडौं । सरकारले प्रत्येक वर्ष आफूअनुकूल सहिदको संख्या थप्दै गएपछि करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झण्डै १२ हजार पुगेको छ । सहिदको सूची लम्बिएदै जाँदा सहिदकै अवमूल्यन हुन थालेको छ ।

राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिइएका धर्मभक्त मागेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, र दशरथ चन्दलाई २००७ सालमा प्रजातन्त्र स्थापनापछि सहिद घोषण गरी माघ १६ गते सहिद दिवस मनाउन थालिएको इतिहास छ । माथेमा, शास्त्री, श्रेष्ठ र चन्दलाई १९९७ साल माघमा फरकफरक मितिमा फाँसी दिएर र गोली हानेर हत्या गरिएको थियो ।

तर, २०६२ र ०६३ को राजनीतिक परिवर्तपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफूअनुकूल सहिद घोषण गर्दा संख्या बढेर १२ हजार हाराहारीमा पुगेको छ । आजको नागरिक दैनिकमा खबर छ ।