सहिद गोविन्द गौतमका परिवारलाई मकाउबाट आर्थिक सहयोग - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सहिद गोविन्द गौतमका परिवारलाई मकाउबाट आर्थिक सहयोग



कञ्चनपुर, ९ चैत

नेपाल भारत सिमानामा भारतीय सीमा सुरक्षाबल एसएसबीद्वरा हत्या गरिएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमका परिवारलाई चीनको स्वशाशित क्षेत्र मकाउबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

मकाउमा रहेका विभिन्न नेपाली संघसंस्थामा आबद्ध विशेष गरी राष्ट्रबादी सोच लिएका नेपालीहरूले सहिद गौतमका परिवारलाई ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।मकाउस्थित प्रवासी नेपाली एकता समाजका सचिव तथा सुदूरपश्चिमेली समाजका अध्यक्ष पदमसिंह पन्तले सहिद गौतम पत्नी लक्ष्मी र आमा हरिदेवीलाई घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका थिए साथै सहिद गौतम प्रति हार्दिक श्रद्धा सुमन पनि प्रकट गर्नु भएको थियो।

यस वर्षको फागु पूर्णिमामा होली खेल्नका लागि भाइ साथीसंग कुरा भई रहेको अवस्थामा यस्तो दुखद घटना घटेको हुँदा उक्त होली खेल्नका लागि तय गरिएको कार्यक्रम पनि स्थगित गर्दै केही आर्थिक सहयोग सहिद गौतमका परिवारलाई दिने सोच राख्दै रकम सङ्कलन गरिएको थियो।राष्ट्रियता रक्षाका लागि विदेशी सुरक्षाकर्मीको गोलीबाट निधन भएका सहिदको योगदानको कदर स्वरूप आर्थिक सहयोग गरिएको यस रकम सङ्कलनका संयोजक पदम सिंह पन्तले बताए ।