सहिद गोविन्द गौतमको शालिक अनावरण - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

सहिद गोविन्द गौतमको शालिक अनावरण



कञ्चनपुर । कञ्चनपुरको आनन्दबजारमा भारतीय एसएसबीको गोलि लागी सहादत भएका शहिद गोविन्द गौतमको विहिबार शालिक अनावरण गरिएको छ । सुदुरपश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ र पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले संयुक्तरुपम सालिक अनावरण गर्नुभएको थियो ।

सालिक अनावरण कार्यक्रममा बोल्दै प्रमुख कार्यक्रमका अतिथि सांसद तामाङले प्रदेश सरकारले सहिद गोविन्द गौतमको लागि सम्मान गर्दै उहाँको सम्झनामा अहिले पार्कको स्थापना मात्र गरेपनी आगामी आर्थिक बर्षका लागि ३० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले यस क्षेत्रकै पर्यटकीय क्षेत्रमा रुपमा सहिद गोविन्द गौतम स्मृति पार्कलाई विकास गरिने बताउनुभयो ।

कार्यक्रमका सभापति पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले सानो क्षेत्रफलमा पार्क निर्माण सुरुगरेतापनी पार्कसंगै रहेको नमुना सामुदायिक वनको क्षेत्रलाई समेत समेटेर नमुनारुपमा विकास गरिने बताउनुभयो ।

शहिद गोविन्द गौतमका पिता खेमलाल गौतम आफ्नो छोराको शालिक हेर्ने चाहाना पुरा भएको बताउनुभयो । उहाँले देशको सीमा रक्षाका लागि लडेर प्राण त्यागेको छोरोको सम्मान गर्दै राज्यले स्मृति पार्क निर्माण गर्दा खुशी लागेको बताउनुभयो । उहाँले अब सीमा सर्वेगरि स्तम्भहरु गाड्न पाए छोरोको आत्माले शान्ति पाउने बताउनुभयो ।