शाहिद अफ्रिदीको थप्पड किन खाए मोहम्मद आमिरले ? - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

शाहिद अफ्रिदीको थप्पड किन खाए मोहम्मद आमिरले ?



एजेन्सी- जारी विश्वकपमा पाकिस्तानका मोहम्मद आमिरले शानदार प्रदर्शन गरिरहेका छन्। बुधबार भएको खेलमा उनले अस्ट्रेलियाको पाँच विकेट लिए। आमिर उनै खेलाडी हुन जसलाई म्याच फिक्सिङका कारण ५ वर्षको प्रतिबन्ध लगाइएको थियो।

फिक्सिङ्को आरोप लाग्दा आमिरले सुरूमा त्यसलाई अस्विकार गरे। शाहिद अफ्रिदीले थप्पड हानेपछि मात्र उनले आफ्नो अपराध स्वीकार गरेका थिए।

यसको खुलासा पाकिस्तानका पूर्व अलराउण्डर अब्दुल रज्जाकले गरेका हुन्। सो प्रकरणमा आमिरसँगै सलमान बट्टसमेत दोषी पाइएका थिए। बट्ट सन् २०१० को इङ्ल्याण्ड भ्रमण हुनु पहिलेदेखि फिक्सिङमा सामेल थिए।

‘उनले(अफ्रिदी) मलाई मेरो कोठामा जान भने, त्यसको केहि समयपछि मैले चड्कनको आवाज सुने अनि त्यसपछि आमिरले साँचो कुरा बताए’, रज्जाकले भने।

रज्जाकले यसरी देशको बदनाम हुनुमा पाकिस्तान क्रिकेट बोर्डको दोष देख्छन्।

‘आईसिसी समक्ष जान छोडेर पिसीबीले यी ३ जनालाई आफैले कारवाही गर्नुपर्थ्यो र तुरून्तै पाकिस्तान फर्काउनुपर्थ्यो। उनीहरूमाथि एक वर्षको प्रतिबन्ध लगाइनुपर्थ्यो तर पिसीबीले त्यस्तो गरेन जसका कारण पाकिस्तानको क्रिकेटको इज्जत माटोमा मिल्यो’, रज्जाकले भने।

सन् २०११ मा बट्ट, आमिर तथा मोहम्मद आसिफलाई आइसिसीले ५ वर्षको प्रतिबन्ध लगाएको थियो। हाल यी तीनै जना खेलमा फर्किसकेका छन्। रज्जाकका अनुसार बट्ट यो घटना हुनु अगाडिदेखि नै फिक्सिङमा संलग्न थिए। उनी जानाजान डट बल खेल्थे।

‘मैले अफ्रिदीसँग यसबारेमा चिन्ता व्यक्त गरेको थिए तर उनले त्यसलाई मेरो भ्रम भने। उनले केहि गलत नभएको बताए। तर जब म टि-२० को विश्वकपमा म वेस्ट इण्डिज विरूद्धको खेलमा बट्टसँग ब्याटिङ् गर्दै थिए जब म पक्का भएँकी उनी केहि गडबढ गरिरहेका छन्’, रज्जाकले भने।

‘मैले उसलाई मलाई स्ट्राइक देऊ भने तर उसले मानेन। त्यो सुनेर म हैरान भएँ। तब मैले केहि भइरहेछ भनेर महसुस गरे। उसले हरेक ओभरमा जानाजान २-३ बल खाली खेलिरहेको थियो। त्यसपछि मात्र मलाई उसले स्ट्राइक दिन्थ्यो। त्यसले मलाई रिस उठ्यो म दबाबमा परेर आउट भएँ’, रज्जाकले फिक्सिङका बारेमा खुलासा गर्दै भने।