महिला जेसीसद्धारा सहयोग हस्तानतरण - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

महिला जेसीसद्धारा सहयोग हस्तानतरण



सन्जु पौडेल/बुटवल ।

बुटवल महिला जेसीस २०१८ को आयोजनामा शैक्षिक तथा खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । नमस्ते किड्स संस्था बेलबासमा रहेका बालबालिका र जितेश्वरी मावीमा अध्ययनरत अति विपन्न परिवारका ३६ बढीजना विधार्थीहरुलाई सो सामग्री हस्तान्तरण गरिएको हो ।

महिला जेसीस २०१८ का अध्यक्ष राधिका पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जितेश्वरी मावी विधालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन हेम बहादुर रानाले जेसीसले गरेको सहयोगी कामको प्रशंसा गर्दै ठुलो सङ्घर्षले जोगिएको जितेश्वरी मावीको स्तरोन्नती र विकासमा सहयोग खाँचो रहेको औँल्याउनुभयो ।

त्यस्तै नमस्ते किड्सका को अर्डिनेटर सरु थापाले सामाजिक कार्यमा सङ्घर्ष भएतापनि यस्ता सङ्घसंस्थाको सहयोग र आधारले बालबालिकाको भविष्य निर्माणमा आफू अघि बढेको बताउँदै सहयोगका लागि जेसीसलाई धन्यवाद दिनुभयो । कार्यक्रममा बुटवल महिला जेसीसका पूर्व अध्यक्ष तथा वर्ष २०१८का सल्लाहकार उर्मिला श्रेष्ठ, विद्यालयका सह प्रधानाध्यापक कमला खनाल, शिक्षक टीका राना लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष रुपा पाण्डेले गर्नुभएको थियो भने जेसीसको आस्था पाठ कार्यक्रम संयोजक लक्ष्मी घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा आफ्ना भनाई राख्दै वर्ष २०१८ का अध्यक्ष पोख्रेलले सहयोगी कार्यमा महिला जेसीसको सक्रियता बढाउँदै लैजाने बताउँदै सहयोग हस्तानतरण कार्यक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिनुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन बुटवल महिला जेसीस २०१८ का कानुनी सल्लाहकार उषा खत्री ले गर्नुभएको थियो । कार्यक्रममा महिला जेसीस २०१८ का पदाधिकारी, सदस्य , विद्यालयका शिक्षक तथा कर्मचारी, विधार्थी सहित करिब १०० जनाको उपस्थिति रहेको थियो ।