कामना सेवा विकास बैंकद्बारा घोडाघोडी नगरपालिकालाई खाद्यान्न सहयोग - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

कामना सेवा विकास बैंकद्बारा घोडाघोडी नगरपालिकालाई खाद्यान्न सहयोग



सुखड ,कैलाली । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि
कामना सेवा विकास बैंक लिमिटेड सुखड शाखाले घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार नगरपालिकालाई राहत स्वरुप चामल, दाल, तेल नुन लगायतका गरि करिब ५० हजार बराबरको खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको हो ।

कामना सेवा विकास बैंकका शाखा प्रवन्धक दिपेन्द्र जोशीले उक्त राहत सामग्री नगर प्रमुख ममता प्रसाद चौधरी लाई हस्तान्तरण गरेका हुन् । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आयस्तर भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनिहरुलाई राहत प्रदान गर्नको लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको कामना सेवा बैंकका शाखा प्रवन्धक जोशीले बताए ।

नगर प्रमुख ममता प्रसाद चौधरीले विपद्को बेलामा बैंकले गरेको सहयोगप्रति धन्यवाद दिदै अन्य संघसंस्थाहरुले समेत सहयोग गरेको र आगामी दिनमा पनि अन्य व्यक्ति वा संघसंस्थाहरुबाट पनि सहयोग आउछ भन्ने आशा गरेको बताए । नगरपालिकाले नगरका १२ वटै वडामा दोस्रो चरणको राहत बाडेको र आवश्यकता अनुसार अरु बाड्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।