सहमतिको नजिक पुग्यो सरकार र विप्लव समूह
काठमाडौं- सरकार र नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।
बुधबार अपरान्ह बालुवाटारमा सम्पन्न दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने उनको अपेक्षा छ ।
दुवै पक्षबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको थियो । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामहादुर थापा र डा. भट्टराई छन् भने विप्लवको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित दुई जना छन् ।