सचिवालयमा सहमति जुटेन, दुबै प्रस्ताव स्थायी समितिमा
काठमाडौं- सत्तारुढ दल पाल कम्युनिस्ट पार्टी (नेकपा) मा जारी संकट सचिवालयबाट स्थायी कमिटीमा सरेको छ ।
सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा पुगेको हो ।
शनिवार बसेको सचिवालय बैठकले सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।
सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीमा छलफल गरेर पार्टीको विवाद समाधान गरिने जानकारी दिए ।