सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ । प्रहरीका नायव महानिरीक्षक सहकुल बहादुर थापा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बैठकले थापालाई नित्युक्त गर्ने निर्णय गरेको हो।

बढुवा समितिले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसलाई सदर गरेको हो ।

एआईजीमा बढुवा भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।

उनको अवकाश पछि नियुक्त हुने महानिरीक्षकमा पोखरेलसँग र थापाले प्रतिस्पर्धा गर्न पाउनेछन् । नेकपा एमालेका नेता ईश्वर पोखरेलको दबाबमा विश्वराज पाेखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो । तर, थापाको बढुवासँगै एकल प्रतिस्पर्धाको अन्त्य भएको छ ।