आठ बर्षसम्म बत्ति नबालेपछि स्थानीयले सहकारीमा लगाए ताला (फोटो फिचर)
घोडाघोडी ,कैलाली । रकम संकलन गरेको ८ बर्ष बितिसक्दा पनि बत्ति नबालेको भन्दै स्थानीयहरुले घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा बुधबार तालबन्दी गरेका छन् । घोडाघोडी नगरपालिका वडा नं ४,५ र ७ का स्थानीय बासिन्दाले केहिबेर पुर्व पश्चिम् राजमार्ग समेत बन्द गरेका थिए ।
विद्युुतिकरणका लागि घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले वि.स. २०६८ / २०६९ सालमा घोडाघोडी नगरपालिकाको वडा नं ४, ५, ७ र ९, गौरीगंगा नगरपालिकाको वडा नं ११ र कैलारी गाँउपालिकाको वडा नं ८ बाट प्रति घरधुरी रु १ हजार ५ सय देखी ३ हजारसम्म रकम संकलन गरेपनि अहिलेसम्म बत्ति नबाले पछि घोडाघोडी नगरपालिका वडा नं ४, ५ र ७ का स्थानीयले सहकारीको कार्यालयमा तालाबन्दी तथा कार्यालयको बोर्ड समेत तोडफोड गरेका छन् । आफुहरुले पटकपटक ध्यानाकर्षण गराउदा पनि सहकारीले झुठो आश्वासन मात्र दिएको भन्दै सहकारीमा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।



