यसरी गरियो दिल्लीबाट सगुनको एप सार्वजनिक (फोटो फिचर) - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

यसरी गरियो दिल्लीबाट सगुनको एप सार्वजनिक (फोटो फिचर)



नयाँ दिल्ली  । सामाजिक ईकमर्स साइट सगुनले आफ्नो एन्डोइड मोबाइल एप मङ्गलवार नयाँ दिल्लीबाट सार्वजनिक गरेको छ। नयाँ दिल्लीको पाँचतारे द ललित होटेलमा आयोजित एक कार्यक्रममा सगुनको मोबाइल एप सार्वजनिक गरिएको हो ।

उक्त  मोबाइल एप बलिउड अभिनेत्री श्रद्धा कपुरले गरेकी थिइन् । 

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले स्मार्टफोनका पारिखीहरुलाई ध्यानमा राखेर मोबाइल एप प्ले स्टोरमार्फत सार्वजनिक गरेको हो ।सगुनले दक्षिण एसियाली बजारलाई लक्षित गरेर मोबाइल एप डेभलप गरेको हो । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध सो एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको दाबी गरिएको छ ।

सगुनको मोबाइल एप सूचनाको गोपनियतामा महत्त्वपूर्ण फड्को हुने सगुनका संस्थापक गोविन्द गिरीले उल्लेख गरे। उनले दक्षिण एसियाबाट सोसियल मुभमेन्ट सुरु गर्न चाहेकाे बताए ।‘हामी ३ वर्ष भित्र सगुनलार्इ विश्वको उत्कृष्ट कम्पनी बनाउन चाहन्छौँ त्यसको लागि विभिन्न संस्थाहरूसँग सहकार्य गरिरहेका छौँ,’ उनले भने ।

एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैँ डिलिट हुने फरक खालको विशेषता यसमा छ ।सो एपमा माई डे, सिक्रेट तथा मुड टकलगायतका फिचरहरु राखिएको कम्पनीकी सह संस्थापक स्वाती दयालले जानकारी दिइन् ।

एपमा आफ्नो गोप्य कुरा, फोटोहरू, परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिहरूलाई बाँड्नसकिन्छ । यसै गरी आफ्नो समूह व्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोबाइल एपमा राखिएको जानकारी दिइयो।खासमा सगुनको मोबाइल एप वेब भर्सनको अर्को रूप हो । मोबाइलमा वेब व्राउजर नखोली एपबाटै वेबमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने सगुनले आशा गरेको छ ।

यसमा सेक्रेट नामक छुट्टै एप छ, जसबाट दैनिक गोप्य स्टोरीहरु साथीभाइ र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन पनि राखिएको छ । यसले तपाईँका प्रियजनलाई मात्रै दिनभरिको स्टोरी सेयर गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिने बताएका थिए  ।