सगरमाथा सिमेन्टको भवनमा आगलागी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सगरमाथा सिमेन्टको भवनमा आगलागी



घोराही । दाङको घोराही उपमहानगरपालीका ३ गोग्लीस्थित सगरमाथा सिमेन्ट प्रालिको नयाँ निर्माणाधीन सीएसपी भवनको ३५ मिटर माथी बिजुलीको तारसट भई आगलागी भएको छ ।

बिहीबार बिहान आगलागी भएको दाङ प्रहरीले जनाएको छ । आगलागी भएको खबर पाउन साथ प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरको कमाण्डमा १५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ ।

प्रहरीका साथै स्थानीय र दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै पन िमानबीय क्षति भएको छैन ।

आगलागीबाट उक्त भवन बनाउन प्रयोग हुने पलाई ५ वटा, वल्डिङ मेसिन ५ वटा, अन्य ग्रिल मेसिन र ३ वटा ग्याँस सिलिन्डर समेत जलेर नोक्सानी भएको छ ।