भाटभटेनी सुपर मार्केटका म्यानेजर पक्राउ - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

भाटभटेनी सुपर मार्केटका म्यानेजर पक्राउ



काठमाडौं- निषेधाज्ञा नमानेको भन्दै प्रहरीले भाटभटेनी सुपर मार्केटको कोटेश्वर ब्रान्चका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानेजर सागर गुरुङ हुन्।

कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट सोमबार दिउँसोसम्म खुला रहेको पाइएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयका उपसचिव उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि पुगेको थियो।

बिहान ९ बजेसम्म खोल्न पाइने ग्रोसरी दिउँसोसम्म खुलै रहेको पाइएपछि गुरुङलाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ।