सामाजिक कार्यमा जुट्दै अधिकारी फेरी गरे मृगौला पीडितलाई सहयोग। - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

सामाजिक कार्यमा जुट्दै अधिकारी फेरी गरे मृगौला पीडितलाई सहयोग।



कर्ण अधिकारी मकाउ,चीन।

विगत केही वर्ष देखि मकाउमा बिजनेश व्यापार गर्दै आएका समाज सेवी सागर अधिकारीले यस पटक पनि मृगौला पीडित मोरङ हरैचाका सोफिया अधिकारीलाई मकाउ लभ लिजर फिट्नेश क्लबको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

सधैँ भरी सामाजिक कार्यमा अग्रसर हुने अधिकारी तनहुँ निवासी हुन।विगतमा मकाउमा मृत्यु भएका रवि प्रकाश महत्तोको नाममा यिनी आफैले ३००० मोप सहयोग गरेका थिए भने त्यसै गरी सिटी अफ ड्रिम्स क्यासिनोमा कार्यरत रहेका मृगौला पीडित राजु बस्नेतलाई पनि ३००० मोप,मृगौला पीडित तनहुँ बन्दीपुर झार गाउँ निवासी अरूण गुरूङ्लाई ३५०० मोप अर्थात नेरू ५० हजार र ब्लड क्यान्सर पीडित तनहुँ आबु खैरेनीकी याम कुमारी गुरूङलाई नेरू ३५ हजार सहयोग गरेका थिए।

अधिकारीले मोरङ हरैचाका १६ बर्षीय मृगौला पीडित सोफियालाई मोप ८०० अर्थात नेरू ११ हजार ७ सय रूपैया सहयोग गरेका छन्।उक्त सहयोग रकम सोफिया बचाउ अभियानका सदस्य एवं नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री कर्ण अधिकारीलाई हस्तान्तरण गर्नु भएको छ।उक्त रकमलाई जति सक्यो चाडो मृगौला पीडित सोफियालाई हस्तान्तरण गरीने छ।

मकाउ लभ लिजर फिटनेश क्लबका सञ्चालक अधिकारी सामाजिक कार्य साथ साथै मोडलिङ तर्फ पनि जम्ने तयारी गर्दै छन्।नेपाली सिनेमा जगतका चर्चित नायक सुमन सिंहसंग मिलेर नयाँ चलचित्र तयार गर्न जुटी रहेका छन।अधिकारीलाई नेपाली सिने जगतमा देखिने प्रबल संभाबना रहेको छ।शाररीक बनावट जति राम्रो छ सहयोगी मन पनि त्यति नै राम्रो छ