सरकारको षड्यन्त्रविरुद्ध कर्मचारी नै लाग्ने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सरकारको षड्यन्त्रविरुद्ध कर्मचारी नै लाग्ने



काठमाडौं – स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् ।  आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन फिर्ता लिएपछि कर्मचारीले नियमित प्रक्रियाबाट पेन्सन दिन सक्ने नियम ल्याएको थियो ।

त्यसपछि ३ सयभन्दा बढी कर्मचारी त्यस प्रक्रियाबाट बाहिरिएका छन् । सो योजना स्वैच्छिक अवकाश तुहाउने हिसाबले ल्याइएको स्वैच्छिक अवकाशमा जान चाहने कर्मचारीको बुझाइ रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाश दिएका कर्मचारीको विवरण समेत सार्वजनिक नगरेको स्थितिलाई मध्यनजर गरेर ती कर्मचारी बाहिरएका हुन् ।

यद्यपि निवेदन दिएका झन्डै ९ हजारभन्दा बढी कर्मचारी स्वैच्छिक अवकाशको पक्षमा रहेका छन् । ५ जना सचिवसहित ९ हजार ६ सय ५६ जना कर्मचारीले स्वैच्छिक अवकास लिन निवेदन दिएका थिए।