नवौ बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

नवौ बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



ललित जाग्री / देवकलिया ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका- ५ देवकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको नवौ बार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चनक लाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सेक्टर वन कार्यालय पहलमानपुरका प्रमुख भिम प्रसाद कडेल, विशिष्ट अतिथि डल्फिन संरक्षणका संयोजक विजय राज श्रेष्ठ, इलाका वन कार्यालय सुखडका प्रतिनिधि ज्ञानु चौधरी, सामुदायिक वन समन्वय समिति पहलमानपुरका लेखापाल रमेश विष्ट, चरा संरक्षण संघका फिल्ड अधिकृत हिरुलाल डगौरा लगायतका रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा सशक्त वेश क्याम्प पहलमानपुरका प्रतिनिधि जनक बहादुर बोहरा, घोटौली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रेशम लाल चौधरी र देवकलियाका भल्मन्सा तथा समाजसेवी राजा राम चौधरी लगायतका रहनु भएको थियो।

कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समुहका सचिव माया चौधरीले आर्थिक बर्ष २०७५/०७६ को बार्षिक अनुमानित कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने सह-सचिव अनिल चौधरीले आर्थिक बर्ष २०७४/०७५ को १ लाख ३६ हजार ८ सय १ बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा सेक्टर वन कार्यालय पहलमानपुरका प्रमुख भिम प्रसाद कडेल, डल्फिन संरक्षण संयोजक विजय राज श्रेष्ठ लगायतले वन वातावरणको बिषयमा मन्तव्य राख्नु भएको थियो ।

हरियाली सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष आशा देवि चौधरीको स्वागत मन्तव्य संगै सरु भएको कार्यक्रमको सञ्चालन केशव बोहराले गर्नु भएको थियो ।