सद्दाम हुसेनको शव चिहानबाट गायब !
इराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव उनको सामाधिस्थलबाट हराएको छ ।
२००६ मा हुसेनलाई फाँसी दिइएको थियो ।
उनको शव गाडिएको समाधिस्थल तोडफोड भएको अवस्थामा खाली फेला परेको छ ।
सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फाँसी दिइएको थियो । फाँसीपछि उनको शव अमेरिकी सैन्य हेलिकप्टरमा राखेर लगिएको थियो ।
सद्दामको शव इराकको अल अवजामा अन्तेष्टि गरिएको थियो । पछि यो स्थान मुस्लिमको तिर्थस्थलको रुपमा चर्चित भएको थियो ।
सद्दामका एक वंशज शेख मनफ अली अल निदाका अनुसार कसैले उनको शव निकालेर जलाएको छ ।
तर त्यहाँ खटिएका सुरक्षाअधिकारीहरुले भने आइएसको हमलाका कारण सद्दामको समाधिस्थल बर्बाद भएको हो । पत्रपत्रिका तथा एजेन्सी