अमेरिकी प्रहरीले सडकमै आन्दोलनकारीका खुट्टा धोएपछि…
एजेन्सी- अमेरिकाको १४० भन्दा बढी शहरमा रङ्गभेदविरुद्ध जारी हिं’स्रक प्रदर्शनबीच नर्थ क्यारोलिनाको एउटा कारुणिक तस्बिर सार्वजनिक भएको छ ।
यसमा प्रहरीले प्रदर्शन गर्न आएका आन्दोलनकारीहरूलाई बेन्चमा राखे र उनीहरुको खुट्टा धुन सुरु गरे । प्रहरी अधिकारीले आफूले यस्तो गर्नुको पछाडि एउटै मात्र उद्देश्य भएको बताए ।
मानवताभन्दा ठूलो अरुकुनै जात हुँदैन भनेर आफूहरुले सन्देश दिन चाहेको प्रहरी अधिकारीले बताए । वास्तवमा, प्रहरीले समाजिक संगठनसँग मिलेर आन्दोलनकारीमा भरिएको रिसलाई शान्त गर्ने कोसिस गरिरहेका थिए ।
यसअघि अमेरिकामै प्रहरीहरूले आन्दोलनकारीहरूको अगाडी घुंडा टेकेर माफी मागेका थिए ।
२५ मे मा पक्राउ परेका जर्ज फ्लोयडको मृत्यु भएको थियो । त्यसपछि अमेरिकाका साथै संसारभरी विरोध प्रदर्शन सुरु भएको छ । अमेरिकाको सबै प्रान्तबाहेक ब्रिटेन, जर्मनी, फ्रान्स, स्पेन, इटली, अष्ट्रेलिया, जापान, डेनमार्क, नेदरल्याण्ड, फिनल्याण्ड र प्रेटोरियामा हज्जारौं व्यक्ति विरोध जताउनका लागि सडकमा उत्रिएका छन् ।
आज हुँदैछ अन्तिम संस्कारः
जर्ज फ्लोयडको अन्तिम संस्कार मंगलबार गरिने भएको छ । उनको अन्त्येष्टि टेक्सस प्रदेशको ह्यूस्टन शहरमा हुनेछ । उनी मिनियापोलिस राज्यमा जानुअघि त्यहाँ नै बस्ने गर्दथे ।
मिनियापोलिसबाहेक नर्थ क्यारोलाइन राज्यमा पनि श्रद्धाञ्जली सभा भए जहाँ जर्ज फ्लोयडको जन्म भएको थियो ।
फ्लोयडको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि ह्यूस्टनको द फाउन्टेन अफ प्रेज चर्च पुर्याइयो जहाँ ६ घण्टासम्म हज्जारौंको संख्यामा मानिसहरुले श्रद्धाञ्जली दिए ।
कोरोना संक्रमणका कारण चर्च भित्र एक समयमा १५ जनाभन्दा बढी जम्मा हुन पाइँदैनथ्यो ।
अमेरिकाका पूर्व राष्ट्रपति र यस वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका प्रत्याशी जो बाइडनले ह्यूस्टनमा जर्ज फ्लोयडका आफन्तसँग भेटघाट गरेर आफ्नो समवेदना प्रकट गरेका छन् ।
उनका प्रतिनिधिका अनुसार जो बाइडेनले अन्त्येष्टि समारोहमा एउटा भिडियो सन्देश पनि पठाउनेछन् ।
ह’त्याका संदिग्धले पाए जमानतः
यस्तै, सोमबार मिनियापोलिस शहरका पूर्व प्रहरी अधिकारी तथा जर्ज फ्लोयड ह’त्याका संदिग्धले जमानत पाएका छन् ।
जमानतका लागि १.२५ मिलियन डलर रकम निश्चित गरिएको छ । आरोपको गम्भीरता र सार्वजनिक रुपमा जसरी यो मुद्दाको विषयमा मानिसहरु रिसाएका छन्, त्यसलाई मध्यनजर गर्दै जमानतको रकम निश्चित गरिएको छ ।
पूर्व अधिकारी डेरेक शाविनमाथि सेकेन्ड डिग्री मर्डरको आरोप छ । यसैकारण तीन अन्य प्रहरी अधिकारीलाई पनि जागिरबाट निकालिएको छ । थोमस लेन, जे एलेक्सेन्डर र टाउ थाओ निलम्बनमा परेका हुन् । उनीहरुमाथि ह’त्यामा मद्दत गरेको र ह’त्या गर्न प्रोत्साहित गरेको आरोप छ ।